शाइन रेसुङ्गा बैंक धनगढी शाखाले वृक्षारोपण गर्दै मनायो १४ औं वार्षिकोत्सव

छिनोफानो   शनिबार १९, कार्तिक २०७९ ०१:२७

धनगढी– धनगढी उप– माहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको श्री भैरव बाबा आधारभूत  विद्यालयमा वृक्षारोपण गरिएको छ । आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक धनगढी शाखाले वृक्षारोपण गरेको हो ।

बैकको १४ औ वार्षिक उत्सवको अवसरमा धनगढी शाखाले विभिन्न प्रकारका एक सय भन्दा बढी बोटहरू रोपेको धनगढी शाखाका प्रबन्धक रवीन्द्र शाहीले बताए । स्वच्छ वातावरण र सक्षम वातावरण बनाउनको लागि बैकले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको शाहीले बताए ।

बोटविरुवाको संरक्षणका लागि विद्यालय व्यवस्थापन समितिसंग छलफल गरिएको र विद्यालयका कार्यालय सहयोगिले संरक्षण गर्ने प्रबन्धक शाहीले बताए । अघिल्ला बर्षहरुमा पनि थुप्रै सामाजिक कार्य गर्दै आएको बैंकले यसपटक विद्यालयमा वृक्षरोपण गरको उनले बताए । धुपी सल्ला लगायतका विभिन्न प्रकारका बोटविरुवा रोपेको र यसले भविश्यमा विद्यालयको स्वाच्छ र सुन्दर वातावरणमा सहयोग पुग्ने अपेक्षा गरेको प्रबन्धक शाहीले बताए । 

विद्यालयमा वृक्षारोपण गरेर सहयोग गरिदिएकोमा बडाध्यक्ष भागिराम चौधरीले बैंक शाखा परिवारलाई धन्यावाद दिएका छन । वृक्षारोपणबाट यस क्षेत्रका नागरिकले भविश्यमा स्वच्छ हावा पाउनुको साथै विद्यालयको वातावरण पनि सुन्दर देखिने अपेक्षा गरेको वडाध्यक्ष चौधरीले बताए  

बैकको सामाजिक कार्यक्रम मार्फत विभिन्न प्रकारका एक सय ११ बोटबिरुवा रोपेको बताए । विद्यालयमा गरिएको सो वृक्षारोपण सर्हनिय रहेकोले भन्दै विद्यालयले आगामी दिनहरूमा सहयोग अपेक्षा गरिएको विद्यालयले जनाएको छ । वृक्षारोपण कार्यक्रममा धनगढी ६ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र बैकका कर्मचारीको सहभागिता रहेको थियो ।
 

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु