धनगढी बजारको मुख्य सडक फराकिलो बनाउन आज पनि संरचना भत्काइयो

छिनोफानो   शनिबार १९, कार्तिक २०७९ ०२:११

धनगढी –  धनगढी बजारको मुख्य सडक फराकिलो बनाउनको लागि ४ दिन देखि संरचना हटाउने कार्य जारी रहेको छ । धनगढी उपमहानगरपालिकाले मुख्य सडकको १५/१५ मिटर दायाँ बायाँ पर्ने भौतिक संरचना हटाउन लागेको हो ।

 आज लक्ष्मी नारायण मन्दिरका संरचना भत्काएको छ । नगरपालिकाले आज शनिबार बिहानैदेखि २ वटा डोजर प्रयोग गरेर संरचना भत्काएको हो । उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५/१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काइरहेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु