भावी प्रधानमन्त्रीको बारेमा गठबन्धन भित्र सहमति भएको छैनः महत

छिनोफानो   शनिबार १९, कार्तिक २०७९ ०३:५४


धनगढी—  भावी प्रधानमन्त्रीको बारेमा सत्ता गठबन्धन भित्र कुनै छलफल र सहमती नभएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टी प्रवक्ता डा. प्रकाश सरण महतले बताए । शनिबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले अहिले चुनावमा केन्द्रित भएको र गठबन्धनले बहुमत ल्याए प्रधानमन्त्रीको बारेमा कुरा अगाडी बढ्ने बताए ।

महतले गठबन्धनका उम्मेदवारलाई सहयोग गरिदिन सबै नेता तथा कार्यक्रर्तालाई अनुरोध गरेका छन । पार्टीबाट विद्रोह गरेर स्वतन्त्र बनेका उम्मेदवारलाई पनि सहमतिमा आएर चुनाव जित्ने वातावरण सिर्जना गरिदिन आग्रह गरेको छन । गठबन्धनका कारण हाम्रा धेरै नताहरु अन्यायमा परेका छन । सबैलाई टिकट दिन सकिएन । सबैलाई मिलाएर लैजानु पर्ने भएकाले यस्तो भएको हो । पार्टीका धेरै शिर्ष नेताहरु अहिले बसेका छन । सबै नेता तथा कार्यकर्ताले आफ्नो उम्मेदवारलाई चुवावमा सहयोग गर्न  उनले आग्रह गरेका छन । 

एक सय ६५ निर्वाचन क्षेत्रमध्य नेपाली कांग्रेसले ९१ र अन्य गठबन्धनमा सहभागी दलहरुले ७४ क्षेत्रमा उम्मेदवारी दिनएका छन । अघिल्लो सरकारले जनमतको कदर नगरेको र यो पटक सबैले गठबन्धनलाई बहुमत दिने उनले बताए । नेकपा एमालेले बहुमत पाउदा पनि सरकारलाई स्थिरता दिन सकेन । नेपाली कांग्रेसले अहिले सबै दललाई मिलाएर लगेको उनले बताए । 

नेकपा एमालेले भावी प्रधानमन्त्रीका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अगाडी सारेको छ । गठबन्धनसंग एक्लै प्रतिस्पर्धा गरिरहेको एमालेले मंसिर ४ पछि केपी ओली प्रधानमन्त्री बन्ने र एमालेको बहुमतको सरकार बन्ने दावी गरेको छ । त्यस्तै राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र जिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । 

चुनावपछि गटबन्धनले बहुमतको सरकार बनाउने दावी गरिरहेको सत्ता गठबन्धनले भावी प्रधानमन्त्री को हुने ? भन्ने बारेमा अझै टुङ्गो लगाउन सेको छैन । एका तिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ आफु प्रधानमन्त्री बन्ने बताउदै आएका छन भने अर्काे तिर नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री शेर बहादुर देउवा पुनः आफु नै प्रधानमन्त्री बन्ने चासो देखाइ रहेका छन । 

देउवालाई नै प्रधानमन्त्री बनाउने चाहना देखाएको नेपाली कांग्रेसले पनि गठबन्धन भित्र देउवाको नाम अगाडी सार्न सकेको छैन । गठबन्धनमा पनि कांग्रेसको बहुमत हुने भएकाले देउवा नै प्रधानमन्त्री हुन सक्ने अधिकांश कांग्रेसी नेताहरुको भनाई छ । अहिले कांग्रेसले सब दललाई मिलाएर लैजान सकेको र आगामी दिनमा पनि यसरी नै स्थिर सरकार बनाउन कांग्रेसको नेतृत्व आबश्य रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु