मेयर बालेनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

  शनिबार १९, कार्तिक २०७९ ०४:४६

काठमाडौं– निर्वाचन आयोगले काठमाठौं महनगरपालिकाका मेयर बालेन्द्र शाह ’बालेन’लाई हाम्रो नेपाली पार्टीसँग आवद्वता रहे–नरहेको बारेमा स्पष्ट पार्नलाई पत्र काटेको छ।

हाम्रो नेपाल पार्टीले मेयर बालेनको फोटो प्रयोग गरेको पाइएकोले पार्टीसँग कुनै आबद्धता रहे–नरहेको विषयमा आयोगले स्पष्टीकरण सोधेको  छ।

’यहाँको हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले यहाँको तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न यहाँको कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ?’ भनि आयोगले काटेको पत्रमा उल्लेख छ।

लौरौ चुनाव चिह्न रहेको यो पार्टीले मेयर बालेनको सहयोग आफूहरूलाई रहेको बताउँदै आएकाले र समाजिक सञ्जालमा ’जय लौरो’ अभियानमा बालेनका तस्बिरहरू प्रयोग भएकोले दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु