कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु

  सोमबार २१, कार्तिक २०७९ ११:५२

धनगढी–  कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ ख ५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा–०१ बस्ने ४४ वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए ।

टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु