प्रधानमन्त्री देउवा २ दिन धनगढीमै बस्ने

छिनोफानो   सोमबार २१, कार्तिक २०७९ ०५:४९

धनगढी– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्। प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन्। देउवा कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएका थिए । 

गृहजिल्ला गएका देउवाले त्यहाँ आफूलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गरेका थिए। गृहजिल्लामा चुनावी सभा सकेर धनगढी पुगेका देउवा आज कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताइएको छ। देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको काँग्रेस कैलालीले जनाएको छ।

देउवाले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु