एमाले अध्यक्ष ओली फेरि २६ गते सुदूरपश्चिम आउदै

  सोमबार २१, कार्तिक २०७९ ०६:१७

धनगढी– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते सुदूरपश्चिम आउन लागेका हुन्। 

ओली २६ गते सुदूरपश्चिम आउने र ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए।  ओलीले २६ गतेका दिन बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको पाठकले बताए । 

अध्यक्ष ओली केहि दिन पहिले सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गरेर फर्किएका थिए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु