प्रधानमन्त्री देउवा भोलि बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्न जाँदै

  मङ्गलबार २२, कार्तिक २०७९ ११:५४

धनगढी– आगामी मंसिर ‍४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् ।
निर्वाचन नजिकिएसँगै दलहरूको चुनावी दौडधुप तीव्र बन्दै गइरहेको छ। चुनावी प्रचार कार्यलाई सत्ता गठबन्धनमा आवद्ध दलले पनि निकै तीव्रता दिएका छन्।

भोलि उनले सोही कार्यलाई निरन्तरता दिँदै बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्दै  छन् । केही दिन गृहजिल्ला डडेलधुराको चुनावी कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गरेपछि मात्रै काठमाडौँ फर्किने कार्यक्रम छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सोमबार धनगढीस्थित आफ्नो निवासमा बोलाएर असन्तुष्ट रहेका बागी उम्मेदवारलाई फकाएको उनी निकट स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु