एमाले नेतृ शाह कांग्रेस प्रवेश

  मङ्गलबार २२, कार्तिक २०७९ १२:३४

धनगढी– नेकपा एमाले केन्द्रिय अुसासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेस प्रवेश गरेकी छन । मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको धनगढी स्थित निजि निवासमा आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन ।

उनले लामो समयदेखि नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी थिइन । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकता भएर गठन भएको ‘नेकपा कम्युनिष्ट पार्टी’ विघटन भएपछि उनि लगायत धेरै माओवादी नेता कार्यकर्ता एमालेमै रहेका थिए । 

लेखराज भट्टसंगै एमालेमा रहेकी शाह चुनावको मुखमै कांग्रेस प्रवेश गरेकी छन । एमालेमा व्यक्तिबाद, निषेधको राजनीति हाबी हुदै गइरहेको र केही गर्ने चाहना र इच्छा शक्ति भएका युवाहरुले अवसर नपाउने भएपछि आफुले पार्टी परित्याग गरेको शाहले बताइन ।

माओवादी जनयुद्धबाट राजनीतिक यात्रामा प्रवेश गरेकी शाहले लामो समयसम्म सुदूरपश्चिमका गरिव पीछडीएका नागरिकको पक्षमा आवाज उठाउदै आएकी छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु