कैलाली ५ मा गठबन्धन र एमालेलाई  स्वतन्त्रको डर

  मङ्गलबार २२, कार्तिक २०७९ ०१:५५

धनगढी - कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अहिले चर्चामा छ । स्वतन्त्रसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको यस क्षेत्रमा अहिले सबै दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेवार आ–आफ्ना घोषणा पत्र लिएर चुनावी प्रचार प्रसारमा रहेका छन । तोकतान्त्री बाम गठबन्धको साझा उम्मेदवार डिल्लीराज पन्त, नेकपा एमालेका उम्मेदवार नारद मुनी राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाविच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारलाई जिताएको धनगढीले यसपटकको संसदीय चुनावमा प्रतिनिधि सभामा कसलाई पठाउलारु चासोका साथ हेरिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका ६ र ९ गरी २१ वडा पर्दछन्।

कैलाली ५ मा ५ जना स्वतन्त्र उम्मेदवार र ५ जना दलिय उम्मेदवार छन्। सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराज पन्त र नेकपा एमालेका नारदमुनि राना चुनावी मैदानमा छन्।

यस्तै, लोसपाका दानबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर र राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्ट पनि प्रतिनिधि सभाको दौडमा छन्। कांग्रेसबाट कारबाहीमा परेका पुष्करनाथ ओझा, जगदिश चौधरी, सत्यराज उपाध्याय, रामबहादुर सिंह र गगनबहादुर धामी स्वतन्त्र उम्मेदवार छन्। 

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार चौधरीलाई समर्थन गरेको छ।गठबन्धनका उम्मेदवार पन्त, एमालेका राना र कांग्रेसबाट कारबाहीमा परेका स्वतन्त्र उम्मेदवार ओझाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु