भूकम्प प्रभावित क्षेत्रमा  तत्काल उद्दारका लागि खटिन प्रधानमन्त्रीको निर्देशन

  बुधबार २३, कार्तिक २०७९ ११:०८

धनगढी–  डोटीमा भूकम्पमा प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

सामाजिक सञ्जाल फेशबुकमा मृतक प्रती समवेदना प्रकट गर्दै घाइतेको उपचारमा तत्काल खटिन निर्देशन दिएका हुन्। डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ। डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको हो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु