गठबन्धनका तीन शीर्ष नेता आज बैतडीमा चुनावी सभा सम्बोधन गर्ने

  बुधबार २३, कार्तिक २०७९ ११:३०

धनगढी– सत्ता गठबन्धनका शीर्ष नेताहरु अहिले चुनावी सभामा सम्बोधनका लागि देश दोडाहमा छन । केहि दिन पहिलेदेखि गृह प्रदेशमा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबाहदुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बैतडीको पाटनमा हे चुनावी सभा सम्बोधन गर्ने आउने भएका छन ।  

संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन आउन लागेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।  संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा  निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरेको हो। 

बुधबार नै नेतात्रयले  दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभामा पनि सम्बोधन गर्ने कार्यक्रम छ। बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त रूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु