दार्चुला पुगेर देउवाले भने– चुच्चे नक्सा पास गरेको जस ओलीले मात्र लिन खोजे

  बुधबार २३, कार्तिक २०७९ ०४:०८

दार्चुला – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।

दार्चुलामा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले मात्रै जस लिन खोजेको आरोप लगाए ।

‘लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा संसदबाट सबैले एउटै आवाज गरेर पास गरेको हो । दुई तिहाइले पास गर्नुपर्ने कुरा ओलीजीले मात्रै गर्न संभव छ र रु’ देउवाले भने, ‘यसमा प्रचण्डजीको पनि सहयोग छ, नेपाली कांग्रेसलगायत सबै पार्टीको सहयोग छ । ओलीजीले सबै आफैंले गरेको भनेर हिँड्दैछन् ।’

उनले एमाले अध्यक्ष ओलीले भ्रमण छर्दै हिँडेको आरोप लगाए । ‘ओलीजी दार्चुलामा आएर भाषण गर्दैमा केही हुनेवाला छैन’, उनले थपे, ’लिपुलेक, लिम्पियाधुरा र कालापानी कहाँ छ भन्ने कुरा सबैलाई थाहा छ नि १ यस विषयमा सम्पूर्ण नेपाल एक छ ।’ उनले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै लामो समय जाने बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु