गठबन्धनलाई ओलीको प्रश्न– कसको घोषणा पत्र लागु हुने हो ?

  बुधबार २३, कार्तिक २०७९ ०४:५३

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्। झापामा आज भएको चुनावी सभामा बोल्दै उनले फरक-फरक घोषणापत्र ल्याएर गठबन्धनले जनतालाई अल्मलमा पारेको बताएका हुन्। ‘कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (एस) को छुट्टाछुट्टै घोषणा पत्र छ । कुन घोषणा पत्र लागू हुने हो ?

मुलुकमा गठबन्धनभन्दा पनि सुदृढ राष्ट्रिय शक्ति आवश्यक पर्ने उनले बताए । ‘खपटा(खपटा जोडेर बनेको होइन, सुदृढ राष्ट्रिय शक्ति आवश्यक छ। त्यसका लागि मत जोगाउनुस र बढाउनुस्,’ ओलीले भने । मंसिर ४ को निर्वाचनमा एमालेलाई विजयी गराउन उनले मतदातालाई अपिल गरेका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु