प्रधानमन्त्री देउवा आज काठमाडौं फर्किदै

छिनोफानो   बिहिबार २४, कार्तिक २०७९ ०९:५७

धनगढी-  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्किने भएका छन्। बिहीबार बिहान १० बजे काठमाण्डौ फर्किने कार्यक्रम रहेको काँग्रेस कैलालीका सभापति नारायण भट्टले बताए। 

प्रधानमन्त्री देउवा गत बुधबार धनगढी आएका थिए। गत बिहीबारदेखि गृह जिल्ला डडेल्धुराका चुनावी सभामा देउवा सहभागी थिए। हिजो दार्चुला र बैतडीमा सत्ता गठबन्धन दलहरुका चुनावी सभालाई देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले सम्वोधन गरेका थिए। उनी आज काठमाण्डौ फर्किने भएका हुन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु