विद्यालयमा चुनावी सभा गर्ने मन्त्री बडूलाई आयोगले सोध्यो स्पष्टीकरण

  शुक्रबार २५, कार्तिक २०७९ ११:०६

दार्चुला– चुनावको मिति नजिकिएसंगै नेताहरुले घरदैलो कार्यक्रम तथा प्रचार प्रसारलाई तिव्रता दिएका छन । दार्चुलामा विद्यालयमा चुनावी सभा गरेको भन्दै निर्वाचन अयोगले मन्त्री समेत रहेका मन्त्री समेत रहेका दार्चलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दलेन्द्र बडुलाई  स्पष्टीकरण सोधेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थिति श्री गोकुलेश्वर उच्च माध्यामिक विद्यालय, गोकुलेश्वरमा चुनावी सभा गरेको भन्दै निर्वाचन आयोगले  स्पष्टीकरण सोधेको हो 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतको दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेशसभाअन्तर्गत दार्चुला १ (१) मा नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ ((२) मा माओवादी केन्द्रका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । 

आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु