वीपीलाई सबैले बिर्सिए पनि लिङ्देनले विर्सेका छैनन्ः मनिषा कोइरोला

  शुक्रबार २५, कार्तिक २०७९ ०६:१७

काठमाडौं– चर्चित अभिनेत्री मनिषा कोइरालाले वीपी कोइरालालाई सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई संवोधन गर्दै उनले वीपीको बाटोमा हिँडेकै कारण आफू लिङ्देनसँग उभिएको बताइन् । ‘वीपी बाले देखाएको बाटो, राष्ट्रिय मेलमिलाप, राजसंस्था र मल्टिपार्टी डेमोक्रेटिक सिस्टम, त्यसले नै देशलाई सुदृढ गर्छ भनेर विपीले जुन बाटो देखाउनुभएको थियो, त्यो साँच्चै उहाँले नै उठाउनु भएको छ । म त्यसकारणले पनि यहाँ उभिएकी छु,’ वीपीकी नातिनी मनिषाले भनिन् ।

राप्रपाको चुनावी घोषणपत्रका सबै बुँदा मन परेको उनले बताइन् । उनले भनिन्, वीपी कोइराला र राजा महेन्द्रबीच आदर भाव हुँदाहुँदै पनि सहकार्य गर्न नपाउँदा मुलुकले अवसर गुमाएको र ‘अहिले हाम्रो ढोकामा त्यो मौका आएको हुँदा यो मौकालाई हामीले व्यर्थ हुन दिनु हुँदैन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु