एमाले अध्यक्ष ओली आज अत्तरियामा आउँदै

  शनिबार २६, कार्तिक २०७९ ११:४८

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज अत्तरियामा आउन भएका छन । उनीको दिउँसो २ बजे अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओली आजै डोटीको दिपायल र लम्कीमा आयोजना चुनावी सभालाई सम्बोधन गर्ने एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।
अध्यक्ष ओलीले बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन गर्ने, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीचुहामा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु