राष्ट्रिय शक्ति निमार्ण गर्न आवश्यक छः  ओली

छिनोफानो   शनिबार २६, कार्तिक २०७९ ०६:३५

धनगढी- पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ती निमार्ण गर्न आवश्यक रहेको बताए । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित चुनावी सभा लाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । 
उनले भने ‘देशको सावैभौमसत्ताको रक्षा गर्न सक्ने, देशको स्वाधिनताको रक्षा गर्न सक्न, देश र जनताका हितहरुको रक्षा गर्न सक्ने देशको स्वाभिमान माथि उठाउन सक्ने शक्ति यस निर्वाचनको माध्यमबाट निर्माण गर्नु पर्ने छ । जसले कानूनी राज बनाउन कक्छ । जसले देशको विकासलाई स्थाइत्व दिनसक्छ ।’

चारतिर फकिएका अनेक किसिमका स्वार्थ बोकेका, देश बनाउने कुनै भिजन र एजेण्डा नभएका खानका लागि गठजोर गरेको सरकार बनाएर कुनै अर्थ छैन । उनले भने ‘नेकपा एमालेसंग एक्लै लड्न सक्ने अहिले कुनै दलसंग सामथ्र्य छैन । कांग्रेससंग पनि एक्लै लड्ने क्षमता नभएर गठबन्धन गरेको छ । अरुको त के कुरा गर्नु । गठबन्धनमा सहभागी सबै दलले फरक फरक घोषण पत्र सार्वजनिक गरकेका मंसिर ४ पछि गठबन्धनको सरकार बन्छ भनिरहेका छन । पछि कसको घोषणा पत्र लागु हुन्छ भन्ने कसैले बताएका छैनन ।’

गठबन्धनका सबै नेताहरुले प्रधानमन्त्री बन्ने दावी गरिरहेको र जनतााई भ्रममा पारिहेको ओलीले बताए । आलीले भने ‘गठबन्धनको सरकार बन्छ भन्नेले संयुक्त घोषणा पत्र निकाल्न सक्नु पर्ने थियो । ती सबै नेपाली जनतालाई अलमल्याउने काम मात्र हो ।’ मंसिर ४ पछि एमालेको एकल सरकार बन्ने र देशलाइए स्थाइत्व र विकास तर्फ लैजाने ओलीले दावी गरे । 

शनिबार डोटी र कैलालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको बिकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् । उनले सत्तारुढ गठबन्धनमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने उद्देश्य नै नभएको आरोप समेत लगाए । अध्यक्ष ओलीले देशभर एमालेलाई बहुमत दिलाउनका लागि जनता तयार रहेको दाबी गर्दै एमालेविरुद्ध भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाइने पनि बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु