आलेले छाडा बोलेर डोट्याली भाषाको बेइज्जत गरेः ओली

  शनिबार २६, कार्तिक २०७९ ०६:४७

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन् ।
चुनावी आमसभाका क्रममा डोटीको सदरमुकाम दिपायलमा पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पुर्‍याउन आग्रह गरे ।

ओलीले भने, ‘मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे ।’

मन्त्रीको भाषा हेर्नुभयो रु यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् । ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।

उनले वीरबहादुर बलायरतर्फ संकेत गर्दै आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अराजक र अश्लील बोल्ने व्यक्तिलाई टिकट दिएको आरोप लगाए । अध्यक्ष ओलीले डोटीमा पहिलो पटक सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह गरे । एमालेले आलेविरुद्ध गौरीलाई खडा गरेको छ भने प्रदेशमा चक्र मल्ल र टेकबहादुर बमलाई उम्मेदवार बनाएको छ । कांग्रेसका नरेन्द्र खड्का स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु