डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु

  शनिबार २६, कार्तिक २०७९ ०७:१०

धनगढी –  डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाक जिल्लाको केआइ९सिंह गाउँपालिका ४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ट्यांकर दुर्घटना भएको हो ।

ना२ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटनामा हुँदा चालक डडेल्धुराको आलिताल गाउँपालिका९८ का ३८ वर्षीय दानबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु