काठमाडौँ– १ का उम्मेदवार पुकार बमलाई आयोगले गर्‍यो कारबाही

  शनिबार २६, कार्तिक २०७९ ०७:३५

काठमाडौँ– निर्वाचन आयोगले काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनलाई कारबाहीस्वरुप ५ हजार जरिवाना गराएको हो । 

उनले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको पाइएको आयोगको भनाइ छ । उनलाई आयोगले यसअघि स्पष्टीकरण सोधेकामा चित्तबुझ्दो जवाफ नभएपछि कारबाही गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु