सिमा समस्या समाधान गर्न विशेष पहल गर्ने छुः विना मगर (अन्तरवार्ता)

छिनोफानो   आइतबार २७, कार्तिक २०७९ ०७:०७

धनगढी- चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन । सबै दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी एजेण्डा बोकेर मतदाता रिझाउने प्रयासमा जुटेका छन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. कञ्चनपुरमा गठबन्धनको साझा उम्मेवार विना मगर र नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङविच प्रतिस्पर्धा हुने भएको छ । दुबै उम्मेदवारले आफु चुनाव जित्ने दावी गरिरहेका छन ।

२०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएर खानेपानी मन्त्री समेत भएकी मगरसंग चुनावी प्रचार प्रसार, जित्ने आधार र चुनावी एजेण्डाका विषयमा छिनोफानो डट कमले गरेको कुराकानी ।

१. चुनावी प्रचारलाई कसरी अगाडी बढाइ राख्नु भएको छ ?

सर्वप्रथम त म चुनाव प्रचार प्रसारमै छु । हाम्रो घरदैलो अभियान लगभग अन्तिम चरणमा पगेका छौ । म पाँच दलको साझा उम्मेदवार हुँ । सबै जनताको घरमा पुग्ने कुरामा केही कठीनाई भएपनि हामीले मुख्य मुख्य टोलमा सबैलाई एकजुट गराएर प्रचार प्रसार गरीरहेका छौं । सबै यस क्षेत्रमा आमा बुवाहरुको आर्शिवाद लिइरहेका छौ । सबैको साथ र समर्थन पाएका छौं ।

२. चुनावी प्रचार प्रसारको क्रममा जनताको प्रतिक्रिया कस्तो पाउनु भयो र जित्ने कुरामा तपाईं कत्तिको उत्साहीत हुनुहुन्छ ?

पहिलो कुरा त यस क्षेत्रको समग्र विकासका लागि प्रतिनिधि सभामा म, प्रदेश सभा ‘क’ मा बन्दुराना र प्रदेश सभा ‘ख’ मा दिवान सिंह विष्ट हुनुहुन्छ हामी यस क्षेत्रको विकासमा निर्विकल्प पात्र हौ । सबै जनताको आर्शिवाद पनि छ । जनताको आशा, सुबेक्षा र अपेक्षा बढीरहेका छन । त्यसले म के विस्वस्त छु भने हामी जित्नेमा ढुक्क छौं । यसका कुनै शंका छैन । तर, हामीले धेरै मतान्तरले जित्नु पर्छ धेरै आशिर्वाद पाउनु पर्छ भन्ने लाइन तिर लागेका छौं ।

३. तपाइका एजेण्डा के के हुन ?

गठबन्धन दलको साझा एजेण्डा नै मेरो एजेणडा हो । अहिले शिक्षा, स्वास्थ्य खानेपानी, रोजगारी र बाटो घाटो जुन आधारभूत आबश्यकता हुन । ती आधारभूत आवश्यकताको जग बसिसकेको छ र अब त्यसलाई पूर्णता दिने कुरामा हामी अगाडी बढ्ने छौं । हिजोको दिनमा हिलो मुक्त र धुलो मुक्त बाटोको प्रतिबद्वता लिएर गएका थियौं, लगभग धुलो मुक्त बाटो बनेकै छन । अब त्यसलाई कालोपत्रे बनाउने कुरा छ । सबै टोलमा जाने शाखा बाटो निर्माण काम पनि हामीले गर्ने छौं । शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि धेरै काम गरेका छौं । गरिरहेका कामलाई छिटो भन्दा छिटो समापन गर्ने बाटोमा छौं, र अन्य नयाँ थप योजना थप्ने तिर हामी केन्द्रित रहनेछौं ।

मुख्य गरी यहाँका सिमाका समस्या मा हामी केन्द्रित हुनेछौ । यसको समस्या समाधानका लागि हामीले आफ्नो क्षेत्रबाट नेतृत्वलाई झकभक्याउने प्रयास गर्ने छौं, हामीले हाम्रो तर्फबाट सुझाव दिन्छौं । यस क्षेत्रको अर्काे मुख्य समस्या दोधा नदिको सकस्या हो । कञ्चनपुरको मुटुबाट चिरेर गएको दोधा नदीको तटबन्धनकालागि हामीले लगातार बजेट छुट्याएका छौं । तर सानो रकमले यो समस्या हल नहुने अबस्था छ । यस बर्ष हामीले प्रतिबद्धता प्रत्रमा के भनेका छौं भने– दोधा नदी तटबन्धनलाई ठुलो आयोजनाका रुपमा विकास गरेर धेरै रकम ल्याउने र अर्काे पटक यो नदीको समस्या हल गर्नेछौ । मुक्त कमैयाहरुका लालपूर्जा वितरणका समस्या अर्काे चुनावमा हाम्रा एजेण्डा नबनाउने किसिमले हामीले काम गर्ने प्रतिबद्वता जाहेर गरेका छौं ।

यस क्षेमा रहेको जंगली जनावरको समस्या, कृषीमा आधुनिकिकरण, यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कुराहरु, बेलौरी नाका खोलेर हाम्रा बजारलाई व्यवस्थापन गर्ने कुराहरुमा पहल कदमी गर्ने प्रतिबद्वता गरेका छौं । जनताको जीवन स्थरमा परिवर्तन गर्नका निमित्त आर्थिक उन्नती विकासमा हामीले गर्न सक्ने कुरामा सधै तत्पर रहने छौं भन्ने कुरा प्रतिबद्वता गरेका छौं ।

४. निर्वाचन जितेपछि तपाईको पहिलो प्राथमिकता के हुन्छ ?

पहिलो कुरो यहाँको सिमाको समस्या जटील कुरा हो । यसमा हामीले हिजो देखी नै हाम्रा कुराहरु राख्दै आएका छौं र आगामी दिनमा थप झकझक्याउने छौं । दुइ देशको सिमा समस्या भएको हुनाले भारतसंग पछि छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने छौं । यहाँका जनताको मुख्य माग तटबन्धनको छ । यी लगायत शिक्षा स्वास्थ्य र रोजगारीका विषयलाई नै पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्छौं ।

५. तपाइका अधुरा सपनाहरु यो निर्वाचन जितेपछि पुरा गर्नु हुन्छ ?

स्वाभाविक रुपमा हरेक पटक आबश्यकताहरु बढ्दै जान्छन । हिजोको आबश्यकता र आजको आबश्यकता फरक हुन सक्छ । समस्या र आबश्यकताहरुलाई क्रमिक रुपमा हाम्रो तर्फबाट सम्बोधन गर्ने कुरा हुन । महिला दिदि बहिनीहरुलाई स्वरोजगारका तालिमहरु उहाँ हरुलाई पनि कुनै न कुनै आय स्रोतमा जोड्ने कुरालाई नै मैलै प्राथमिकतामा राखेकी छु । ६. अन्तमा यहाँका जनतालाइ के भन्न चाहनु हुन्छ ? म यहाँका जनतालाई के भन्न चाहन्छु भने । हामी संविधानको रक्षा स्थिर राजनीतिक प्रणाली र समृद्ध नेपालका एजेण्डासहित गठबन्धन बनाएका छौं । तसर्थ कञ्चनपुर १ नम्बर निर्वाचन क्षेत्र परिवर्तन कामी जनताको उपस्थिती रहेको क्षेत्र हो । यहाँको माटो हावा पानी परिवर्तन कामी हो । हामी तपाइको आशिर्वाद लिन आएका छौं । सधै तपाइको साथ सहयोग र आशिर्वादको अपेक्षा गर्ने छौं ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु