कैलालीमा अज्ञात समूहले तोडफोड गरे गठबन्धनका उम्मेदवारको गाडी

  सोमबार २८, कार्तिक २०७९ १२:०१

धनगढी–  कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडी तोडफोड गरिएको छ। निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा (२) का उम्मेदवार अमरबहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो।

आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको से १ च १५९० नम्बरको गाडीमाथि तोडफोड भएको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु