नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय तोडफोड

  सोमबार २८, कार्तिक २०७९ ०१:२५

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय टीकापुरमा तोडफोड गरिएको छ । आइतबार राति पार्टी कार्यालयमा ढुंगामुढा गर्दै तोडफोड भएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । प्रवक्ता पण्डितका अनुसार राति साढे १२ देखि १ बजेबीचमा अपरिचित समूहले ढुंगामुढा गरेका हुन् ।

‘मोटरसाइकलमा आएका १५–२० जनाको समूहमा आएकाले तोडफोड गरेका हुन्,’ उनले भने । अध्यक्ष रन्जिता चौधरीको बसाइँ पनि पार्टी कार्यालयमै छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु