भारतीय बजारबाट ल्याएको चिनी त्रिनगर नाकाबाट खुलेयाम तस्करी

छिनोफानो   सोमबार २८, कार्तिक २०७९ ०७:४२

धनगढी– कैलालीमा निर्वाचनको मौका छोपी त्रिनगर नाकाबाट खुलेयाम चिनी तस्करी बढेको छ । देशमा चुनावी सर्गमी छाएको बेला कर्मचारीकै सेटिङ्गमा चिनी तस्करी गरेको पाईएको हो । 


यसरी हुन्छ सेटिङ्गमा चिनी तस्करी 

भारतीय बजार बनगाँउबाट ल्याएको करिब ४ कुन्टल चिनिसहित केही महिला डोके बजारमा बसेका थिए । करिव दिउसो ४ बजेतिर चिनि र अन्य सामानको थोप्रो लगाएर डोके बजारमा बसेका थिए । केहि महिलाहरु भारत तर्फबाट बोकेर चिनि ल्याइरहेका थिए भने केहि महिलाहरु त्यो चिनिसहित अन्य सामान कुरेर बसेका थिए । 

करिब एक घण्टापछि सबै सामान त्यहाँबाट लगि सकेको थियो । करिव ६ बजेतिर सामान राखिएको ठाउँ सबै खाली थियो । तर त्रिनगर भन्सार नाकामा खटिएका कर्मचारी लागायत अन्य सुरक्षाकर्मीलाई बुझ्दा केही पनि सामान नआएको जवाफ दिए । कसैले आफुले देख्दै नदेखेको बताए भने कसैले जाकेट लगाउन गएको र अहिले भरखरै आएको जवाफ दिए । 
चिनि कता गयो भन्ने बारेमा सबै भन्सार नाकामा खटिएका सुरक्षाकर्मीदेखि भन्सार कर्मचारी अनविज्ञ रहेको बताए । सबै टाउको हल्लाउदै पन्छीन थाले । कसैले पनि जिम्मेवारी साथ जवाफ दिएनन् । नाकामा खटिएका एक कर्मचारीले दुइ महिला हामीलाई सोध्न आएको र हामीले भन्सार काटेर लैजानुहोस भन्दा फर्किएको बताए । उनले भने अहिले सामान ल्याएर कोही आएनन् । तर, डोके बजारमा राखीएको सबै सामन त्यहाँबाट उठाइ सकेको थियो । 

कर्मचारीले आफुलाई केही थाहा नभएको भदै बोल्न मानेन । पुलबाट पनि तल फालेको हुन सक्छ । आजभोली यस्तो गर्ने धेरै छन भन्दै उम्किने खाजे । तर, चिनिको बारेमा आफुलाई थाहै नभएको दावी गरे । भन्सार कार्यालयमा सोधेर फर्किएका महिला सामान लिएर नआएको उनिहरुको दावी थियो । तर, ती महिलाहरुले डोके बजारमा राखेको चिनि र अन्य सामान त्यहाँ पनि थिएन ।

यसको बारेमा बुझ्न खोज्दा त्रिनगर भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले आफुलाई पनि केही जानकारी नभएको बताए । उनले नाकामा खटिएका कर्मचारीसंग पनि बुझ्न खोजेनन् । यसको बारेमा भोली छलफल गर्ने भन्दै आलटाल गरे । केही दिनदेखि कार्यालयको सरवर बन्द भएको र कुनै काम नभएको त्यहाँका एक कर्मचारीले बताए । माथिबाटै देशैभरी सरवरले काम नगरेको बताए । सरवर शुक्रबारदेखी बन्द भएकाले कुनै पनि जानकारी अपडेट गराउन नपर्ने भएका कारण खुलेयाम सेटिङमा तस्किरी भएको हुन सक्ने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु