मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

  मङ्गलबार २९, कार्तिक २०७९ ११:५८

सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्।

गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ। सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको उनले जानकारी दिए।मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पझ सख्या:- प्राप्त पच सर्या र मिति:- च.न.:- सिंहदरवार, काठमाडी, नेपाल| सार्वजनिक विदा सम्बन्धी सूचना मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्ण संस्था/विध्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि × गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मिति २०७९ मंसिर ४२ गते सार्वजनिक विदा दिने नेपाल सरकारवाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ मिति: २०७९/०७/२९ 91ত188 फणिन्द्रमणि पोखरेल सहसचिव/प्रवक्ता /प्रवक्ता'

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु