गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

  मङ्गलबार २९, कार्तिक २०७९ ०५:४१

पोखरा – गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ। गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबाटै मन्त्री बनेका खड्कालाई बर्खास्त गर्दै मन्त्रालय आफू मातहात राखेका छन्।

मुख्यमन्त्री पोखरेल र कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोप उनलाई लागेको छ। विन्दुकुमार कास्की २ ‘ख’ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन्। सोही क्षेत्रबाट खड्का उम्मेदवारी दिन चाहन्थे। पार्टीले टिकट नदिएपछि खड्काले थापालाई सहयोग नगरेको आरोप छ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् हेरफेर गरिएको सूचना निकालेका छन्।

कात्तिक २२ गते पनि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य बर्खास्त भएका थिए। तत्कालीन जनता समाजवादीबाट मन्त्री बनेका आचार्यलाई प्रचण्डविरुद्ध भोट मागेको आरोपमा बर्खास्त गरिएको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु