युएई नेपालसंग ३ विकेटले पराजित

  बुधबार ३०, कार्तिक २०७९ ०५:००

काठमाडौँ – नेपाल र युएईबिच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको छ। युएईलाई दोस्रो खेलमा पराजित गरेसँगै सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ। अब अन्तिम खेल सिरिजका लागि निर्णायक हुने छ। टस जितेर पहिलो ब्याटिङ गरेको युएई ४३।२ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो।

जवाफमा नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। पहिलो ब्याटिङ गरेको युएईका लागि मुहमद वासिमले ५० रनको अर्धशतकीय इनिङ खेल्दा भ्रिटिया अर्विन्द भ्रित्य अरबिन्दले २५ रन बनाउँदा अलिसान सराफुले ३५ रन बनाएका थिए।

त्यस्तै बसिल हमिदले २४ रन बनाउँदा विष्नु सुकुमारनले २४ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान ३३ विकेट लिएका थिए। १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालका लागि गुल्सन झाले ३७ रन बनाउँदा कुशल भुर्तेलले ३५ रन बनाएका थिए।

त्यस्तै क्षानेन्द्र मल्ले २६ रन बनाएका थिए। युएईका बलरले बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टी पाएको थियो। कोरोना महामारीपछि बलमा थुक लगाउन निसेध गरिएको छ ।

नेपालले १ सय ६ रन जोड्दा ६ विकेट गुमाएपनि सातौं विकेटका लागि गुल्सन र आरिफले ६२ रनको साझेदारी गर्दै टिमको जित सुनिश्चित गरेका थिए। आरिफ ३३ रनमा अविजित रहँदा उनलाई सोमपाल कामीले १६ रन बनाएर अविजित साथ दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु