कैलालीमा मनाइयो विश्व सीओपीडी दिवस

  बुधबार ३०, कार्तिक २०७९ ०५:११

धनगढी– क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् सीओपीडी दिवस मनाईएको छ । सिप्ला लिमिटेड को आयोजना तथा नोभा अस्पताल प्रा ली र भागेश्वर एकेडेमीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा फामेर्शी अध्यनरत विद्यार्थीहरुले सिओपिडी सचेतनाका लागि सडक ¥याली पनि गरेका छन् । कार्यक्रममा वरिष्ठ फिजिसियन प्राध्यापक डा. सुवेसराज कायस्त लगायत नेपाल फार्मेसी संघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


डा कायस्तले मेडिकल शिक्षा अध्यनरत विधार्थीलाई सि ओ पि डी को अवस्था को वारेमा प्रशिक्षित गराउनु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनको दस्तावेज अनुसार, यो विश्वमा मानव मृत्युका लागि जिम्मेवार रोगमध्ये छैटौँमा पर्दछ । यो रोगबाट एसियाली मुलुक बढी पीडित छन् । सीओपीडी रोग लाग्नुको प्रमुख कारण धूम्रपान भए पनि वायु प्रदू्रषण, रासायानिक पदार्थ मिसिएको धूवाँको मुस्लोजस्ता कारणले यो रोग लाग्ने कायस्तले बताए त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धूवाँ तथा वायु प्रदूषणमा रहने व्यक्ति बढी जोखिममा हुन्छन । खास गरी सीओडीडी ३५÷४० बर्षको उमेरमा लक्षण देखा पर्ने  डा. कायस्तले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु