कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र अतिसंवेदनशील

  शुक्रबार ०२, मङि्सर २०७९ ०३:३७

धनगढी– कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशील रहेका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीका सो मतदान केन्द्र अतिसंवेदनशीलमा रहेका हुन् । आईतबार तथा मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको जानकारी दिएका छन्। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याएको बताए। उनले जिल्लामा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताए।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले कैलालीमा निर्वाचनका लागि ५ हजार ५२ कर्मचारी, २ हजार ५ सय स्वयंसेवक परिचालन गरिएको बताए । जिल्लामा ६ सय २९ मतदान केन्द्र रहेका र बिहीबार ५ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्‍याइ सकिएको बताएका छन् । मतदान केन्द्र ब्यवस्थीत बनाउने कार्य भैरहेको र महिला र पुरुषका छुट्टा छुट्टै लाइनबाट मतदान गर्न सकिने जानकारी दिएका छन्। कैलालीका केही मतदान केन्द्र अपाङ्गमैत्री मतदान केन्द्रको रुपमा व्यवस्थापन गरीएको उनले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु