डोटीमा मृत भेटिएका पुरुष भोट हाल्न भारतबाट आएका थिए

  शनिबार ०३, मङि्सर २०७९ ०२:५७

धनगढी– डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार जिल्लाको जोरायल गाउँपालिका(३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला भट्टकाअनुसार उनी जोरायल गाउँपालिका(३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन्। भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए। तर, उनी घर पुग्नै पाएनन्। 

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ। घटना राति ९ बजेपछि भएको र अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु