मतदान गर्न उपत्यका छाड्नेको संख्या बढ्यो

  शनिबार ०३, मङि्सर २०७९ ०३:०३

काठमाडौं– मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ । अरुबेला राजनीतिप्रति वितृष्णा पोख्नेहरु पनि यतिबेला आफ्ना थातथलो गएर मतदान गर्न उत्सुक छन् ।

उनीहरु कोही रहर त कोही कहरले जानुपरेको बताउन चुक्दैनन । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ ।

शनिबार बिहानैदेखि काठमाडौको तीनकुनेदेखि कोटेश्वरसम्म पार्टीले आफ्ना मतदातालाई ओसार्न रिजर्भ गरेका गाडीको भीड लागेको छ । तर त्यही भीडमा केही मतदानको लागि निकै उत्साही देखिन्थे भने कोही राजनीतिक दलको गतिविधिसंग निराश भए पनि आफ्नो मताधिकार प्रयोग गर्नकै लागि मात्र गाउँ जाँदैछन् ।

कोही भने आफु काठमाडौंमै बसोबास गर्दे आएकोले आफ्नो क्षेत्रको विषयमा खास जानकार नभएको भन्दै प्रतिनिधिको आग्रहको कारण मतदानमा सहभागी हुन जान लागेको बताउँछन् ।

निर्वाचनका लागि शुक्रबारसम्मा करिब ६ लाख नागरिक उपत्यकाबाट बाहिरिएका छन् । सन्तुष्टि, असन्तुष्टि जे भए पनि लोकतन्त्रको सौन्दर्य मानिने आफ्नो जनप्रतिनिधि आफैं चुन्ने चुनावी प्रक्रियामा जनताको उत्साहजनक सहभागिता आफैंमा सुखद पक्ष हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु