डोटीमा स्थिति सामान्य गर्न ४ राउण्ड ‘हवाई फायर’

  आइतबार ०४, मङि्सर २०७९ ०५:१७

डोटी – डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ । शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको हो ।

केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरवितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए । केही समयका लागि मतदान प्रक्रिया रोकिए थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु