कैलालीमा ६३ प्रतिशत मतदान खस्यो

  आइतबार ०४, मङि्सर २०७९ ०६:२७

धनगढी – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ । सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो ।

उनले भने ‘जिल्लाका सबै निर्वाचन क्षेत्रहरुको विवरण आउन बाँकी छ । समग्रमा अहिलेलाई ६३ प्रतिशत जती मत खसेको भन्ने तथ्यांक छ । नआएका निर्वाचन क्षेत्रबाट मतदानको विवरण आउने क्रम जारी छ ।’

उनले सबै निर्वाचन अधिकृतहरुले मुचुल्का उठाएर मतगणना स्थलमा सुरक्षित साथ मतपेटिका पु¥याउने तयारी गरिरहेकाले सबैको विवरण आउन नसकिएको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु