डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो

  आइतबार ०४, मङि्सर २०७९ ०७:०९

डडेल्धुरा– आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।  प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५६ प्रतिशत मत खसेको  मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्ले जनाएका छन । 

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।

प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं पूर्वमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत उम्मेदवार थिए । 

यसैगरी प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्। डडेल्धुरामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल गरिएको थियो भन  ९१ हजार १०२ कुल मतदाता रहेका थिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु