अछामबाट एकीकृत समाजवादीका कुँवर विजयी

  बुधबार ०७, मङि्सर २०७९ ११:०२

धनगढी –  अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् । १९ हजार ५३४ मत सहित कुँवरले जित हासिल गरेका हुन् । उनको जितसँगै एकीकृत समाजवादीले पनि जितको खाता खोलेको छ ।

सो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमाले नेता भीम रावल विजयी भएका थिए । यस पटक पनि उनी सो क्षेत्रबाट उम्मेदवारका आकाक्षि भएपनि एमालले टिकट नदिदा व्याक भएका थिए ।

सो क्षेत्रबाट एमालेको उम्मेदवार बनेका झपटबहादुर बोहरा पराजित भएका छन । उनले १५ हजार ४५ मत पाए । शेरबहादुरले ४ हजार ४८९ मतान्तरले जितेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु