कैलाली ५ प्रदेश सभा (क) मा धामी र (ख) मा देउवा विजयी

  शुक्रबार ०९, मङि्सर २०७९ ०१:१०

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन । दुवैजना सक्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । 
देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन् ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाका भतिज हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त पाए ।

त्यस्तै नेकपा एमालेका नेपालु चौधरीलाई १२५ मतान्तरले पराजित गर्दै धामी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । धामीले ९ हजार ३८७ मत प्राप्त गरे भने एमालेका चौधरीले ९ हजार २६२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका श्रीमराम चौधरीले ७ हजार ८६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्करदत्त भट्टले ४ हजार ७६७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्यमा विजयी भएका धामी २०७४ को निर्वाचनमा भने कैलाली–५ को प्रदेशसभा (ख) बाट पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु