कैलाली–२ मा नागरिक उन्मुक्तिका चौधरी विजयी

  शुक्रबार ०९, मङि्सर २०७९ ०४:०३

धनगढी– कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी भएका छन् । चौधरी २१ हजार ८ सय ७१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले) का झपटबहादुर रावलले १६ हजार १ सय २८ मत पाएका छन् । 

यस्तै सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार १ सय १६ मत मात्रै पाए । जम्मा ६० हजार ३ सय ७४ मत खसेको थियो। जसमा ३ हजार ६ सय ६४ मत बदर भएका छन्। यो संगै कैलालीको प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्तिले तीन क्षेत्र जितेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु