प्रधानमन्त्रीको ‘दौड’मा रहेका रामचन्द्रले भेटे माधव नेपाललाई

  सोमबार १२, मङि्सर २०७९ १२:०८

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित सांसद रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने ‘दौड’मा होमिएका छन् । पौडेलले सोमबार बिहान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

पौडेलनिकट स्रोतका अनुसार नेता नेपालको निवास कोटेश्वरमा भएको भेटवार्तामा नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू सकारात्मक रहेको बताएका थिए । समकालीन नेताहरू सबै प्रधानमन्त्री भइसकेको भन्दै नेपालले पौडेललाई प्रधानमन्त्रीको हकदारका रूपमा उभ्याएको स्रोतको जिकिर छ ।

“रामचन्द्र दाइले गठबन्धन जोगाऔँ र आफूलाई प्रधानमन्त्री बनाउनुहोस् भनेर सहयोग माग्नुभयो,” स्रोतले नेपालको भनाइबारे भन्यो, “समकालीन नेताहरूमा सबै प्रधानमन्त्री भइसके, तपाईंलाई म सहयोग गर्छु, गठबन्धन जोगाउन तपाईंको योगदान भएकाले अहिले पीएमको हकदार तपाईं हो ।”

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु