विश्व विद्यालय स्थापनार्थ संघर्ष समिति द्धारा सुदूरपश्चिम प्रदेश सभा घेराउ

छिनोफानो   सोमबार २९, जेठ २०८० ०५:०४

कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिएको छ । विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश सभाको मूल प्रवेशद्धवारमा प्रर्दशन सहित घेराउ गरेको हो । सोमवार स्थापनार्थ संघर्ष समितिको प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा प्रवेशमा निषेध गर्ने कार्यक्रम रहेकोमा प्रदेश सभाका सदस्यहरु भने आन्दोलनकारी जम्मा हुनु अगावै प्रदेश सभामा प्रवेश गरी सकेका थिए ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय अनुसार निती तथा कार्यक्रममा समेत प्रस्तुत भयो,तर जेठ १५गते सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयलाई समावेश नगरी निर्णय विपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलीत भएको छ । विश्वविद्ययालयका रुपमा अगाडी बढाएर ६०० शैया सहितको अस्पताल सञ्चालमा ल्याउनुपर्ने माग समितिको छ ।सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए ।
   
कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका आन्दोलनकारीहरुले चर्को गर्मीमा समेत प्रदेश सभाको प्रवेशद्धवारमा प्रदर्शन गरेकोमा सुदूरपश्चिम प्रदेश सभा सदस्य द्धारा समेत एकेवद्धता जनाइको छ । प्रदेश सभाको बैठकलाई बहिष्कार गर्दै संघर्ष समितिको अभियानमा आफ्नो पूर्ण सर्मथन रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवि विष्टले बताईन । 
 
संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरीने भन्दै उल्लेख गरेको थियो । तर, जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०⁄८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउसो ३ बजेका लागि बोलाइएकोमा उनीहरुले २ बजेदेखी प्रदर्शन सुरु गरेका थिए । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु