संघिय सरकार गेटामा विश्वविद्यालय निर्माणको लागि प्रतिवद्ध छ ः खगराज भट्ट

छिनोफानो   सोमबार २९, जेठ २०८० ०५:३३

कैलालीको गेटामा शहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको माग गर्दै स्थानीयहरुको आन्दोलन पछि आज नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका खगराज भट्टले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघिय सरकार पूर्ण रुपमा गेटामा विश्वविद्यालय निर्माणको लागि प्रतिवद्ध रहेकाले भ्रममा नपर्न आग्रह गरे । उनका अनुसार गेटा मेडिकल विश्व बिद्यालय बन्ने निश्चित छ । अन्य पार्टीका नेताहरुको फरक धारणा भए पनि नेकपा माओवादी पार्टीको भने,उक्त प्रतिष्ठानलाई मेडिकल बिश्व बिद्यालयका रुपमा नै अगाडी बढाउने धारण रहेको सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले बताए ।
प्रदेश इन्चार्ज भट्टले नेकपा माओवादी केन्द्र यसलाई सच्याएर विश्वविद्यालय बनाउनको लागि निष्ठापुर्वक उभिएको समेत जानकारी दिए । अगाडी ‘सदनमा अर्थमन्त्री ज्युले पनि बजेट १ अर्व भन्दा बढी छुट्याइएको छ । शिक्षा र स्वास्थ्यबाट आएको फरक फरक शिर्षकको कारणबाट समस्या उत्पन्न भएको उनको तर्क छ । यस्तै बजेटमा अहिले भएको त्रुटीलाई सच्याउन सरकार निष्ठापुर्वक लागेको उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु