बजेटको अन्तिम तयारीमा सुदूरपश्चिम सरकार

छिनोफानो   बिहिबार ३२, जेठ २०८० ०२:१३

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा जुटेको छ । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो। 
सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने भएको छ ।  आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैँया बजेट ल्याएको थियोण । 

तर चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान नौ अर्ब ७५ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने नौ अर्ब ६० करोड ५१ लाख र सङ्घीय रोयल्टी बाँडफाँटबाट चार करोड ७३ लाख बजेट दिएको छ । सङ्घबाट १८ अर्ब ६५ करोड १९ लाख रुपियाँ प्राप्त भएकाले चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले हालसम्मकै ठुलो आकारको बजेट ल्याएको थियो तर आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारको बजेटको आकार पनि घटेकाले प्रदेश सरकारले पनि बजेटको आकार सानो बनाउनु पर्ने स्थिति बनेका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु