आज बजेट प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश सरकार

छिनोफानो   शुक्रबार ०१, असार २०८० ११:३४

आज सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ । शुक्रवार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्य सूची तय भएको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बताए । उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकारले आज बजेट ल्याउने भएको हो । सङ्घबाट १८ अर्ब ६५ करोड १९ लाख रुपियाँ प्राप्त भएकाले चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले हालसम्मकै ठुलो आकारको बजेट ल्याएको थियो तर आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारको बजेटको आकार पनि घटेकाले प्रदेश सरकारले पनि बजेटको आकार सानो बनाउनु पर्ने स्थिति बनेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु