एन्टिवायोटिकको जथाभावी प्रयोगले महामारीको विकराल रुप लिदै

  सोमबार ०४, असार २०८० १०:५१

एन्टिवायोटिकको जथाभावी प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोध बढ्दै गएको छ। सामान्य बिरामीले पर्दासमेत चिकित्सकको सल्लाह नलिएरै बारम्बार एन्टिवायोटिक सेवन गर्दा औषधिले काम नगर्ने अवस्था आउन थालेको हो।

एन्टिवायोटिक औषधिको जथाभावी सेवनका कारण यसले काम गर्न छोडेको छ। जसका कारण मानिसमा प्रतिजैविक प्रतिरोध (एएमआर) बढ्दै गएको छ। चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्ने मानिसहरुको बानीले भित्रभित्रै सुसुप्त महामारी फैलिने चिन्ता गरिएको छ। जथाभावी कसैले पनि एन्टिवायोटिक औषधि सेवन गर्न नहुने निमित्त स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए। उनजका अनुसार बिरामीले आफूखुसी एन्टिवायोटिक सेवन गर्दा औषधिले काम गर्न छोडेको छ।जसका कारण प्रतिजैविक प्रतिरोध (एएमआर) बढ्दै जाँदा निकट भविष्यमै स्वास्थ्य संकट निम्तिन सक्ने जोखिम बढेको हो।  
जैविक प्रतिरोध अर्थात् एन्टिवायोटिक रेसिस्टेन्ट (एएमआर) एक प्रमुख स्वास्थ्य खतरा बनेको युएसएडको एमट्याब्स परियोजनाका सिनियर टेक्निकल एड्भाइजर डाक्टर सन्तोष दुलालले बताए। उनका अनुसार धेरै वर्ष अगाडि काम उपचारका लागि प्रभावकारी देखिएका औषधिले अहिले काम गर्न छोडेको अवस्था छ। अहिले प्रतिजैविक प्रतिरोध बढ्दै गएको छ । 
पहिला कीटाणु मार्न प्रभावकारी भएका एन्टिवायोटिकले काम गर्न छोडेपछि जनस्वास्थ्यमा संकट देखिएको उनको तर्क छ ।’विश्वमा हरेक वर्ष ७७ लाख मानिसले एन्टिवायोटिकको जथाभावी प्रयोगका कारण ज्यान गुमाइ रहेका छन्।  धेरै जसो एन्टिवायोटिकले मानिसको शरीरमा काम गर्न छोडेको अवस्था छ। जथाभावी औषधिको प्रयोग गर्दा मानिससँगै पशु तथा वातावरणमा समेत प्रतिजैविक प्रतिरोधको अवस्था आउने डाक्टर दुलालले बताए।


चिकित्सकको सल्लाह बिना एन्टिवायोटिक औषधिको सेवन गर्दा मानिसको अकालमा मृत्यु हुने अवस्था आउने भएकाले औषधिको सेवन गर्दा चिकित्सकको सल्लाह लिनै पर्ने हुन्छ। कुनै पनि औषधि बाँडेर सेवन नगर्ने, सरसफाइमा ध्यान दिने, उपचारका लागि मात्रै औषधि सेवन गर्ने र एक स्वास्थ्य रणनीति अन्तर्गत मानव स्वास्थ्य, पशु स्वास्थ्य र कृषि वातावरणको रोकथाम र नियन्त्रणमा कदम चाल्नुपर्ने डाक्टर दुलालले बताए। प्रतिजैविक प्रतिरोध बढ्दै गए सन् २०५० सम्ममा विश्वमा एक करोड मानिसको ज्यान जान सक्ने तथ्य सन् २०१४ मा भएको एक अध्ययनले देखाएको छ। ’रिभ्यु अन एन्टिमाइक्रोवियल रेसिस्टेन्स, २०१४’ ले सन् २०५० सम्म एसियामा मात्रै एएमआरका कारण प्रति वर्ष ४७ लाख ३० हजार मानिसले ज्यान गुमाउने उल्लेख गरिएको डाक्टर दुलालले बताए।

मानिसले प्रयोग गर्ने कुल एन्टिवायोटिकमध्ये ५० प्रतिशत एन्टिवायोटिक अनावश्यक प्रयोग भइरहेको एएमआरसम्बन्धी विश्वव्यापी अध्ययनले देखाएको छ। ग्लोवल रिसर्च अन एन्टिमाइक्रोवियल रेसिस्टेन्ट (ग्राम) का अनुसार व्याक्टेरियाको संक्रमणका कारण विश्वमा आठमध्ये एक जनाको मृत्यु हुने गरेको छ। सन् १९४० देखि २०२० सम्म विभिन्न १४ प्रकारका एन्टिवायोटिक काम नलाग्ने अवस्थामा पुगेका छन्। यस्तै विश्वव्यापी रुपमा अग्रपङ्क्तीमा काम गर्ने ७० प्रतिशत महिला स्वास्थ्यकर्मीमा एएमआरको जोखिम हुने डाक्टर विवेका श्रेष्ठले बताइन्। उनका अनुसार शिक्षा तथा जनचेतनाको अभावका कारणले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक चलन रहेकाले यो अभ्यास घातक रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु