२०७८ असोज २० गते बुधबारको तपाईको राशिफल

छिनोफानो   बुधबार २०, असोज २०७८ ०६:४६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसकिने छ । परिवारका सदस्यहरूबाट सहयोग पाइने र वैदेशिक कार्य अघि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बजार घुम्ने अवसर मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । धर्म, कर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्य सम्पादनमा समस्या आउला । चोट पटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । शेयर बजरमा नोक्सानी हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धु बान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठामा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पारिवारिक भेटघाटमा रमाइने छ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिए काम पुनः गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु