श्रमदानमा जुटे गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय(हिमशिखर)

छिनोफानो   बुधबार ०६, असार २०८० ०२:३२

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय(हिमशिखर) श्रमदानमा जुटेका छन । अध्यक्ष देविदत्त उपाध्याय(हिमशिखर) मोहन्याल गाउँपालिका वडा न.४ को शान्तिपुर खानेपानी योजना निर्माण कार्यको श्रमदानमा जुटेका हुन् । 

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक जनप्रतिनिधी नै स्वयम श्रमदानमा जुटेका छन् । जसको प्रथम उदाहरणमा मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय(हिमशिखर) रहेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत श्रमदान गरिरहेको तस्विर सार्वजनिक गर्दै,मोहन्याल गाउँपालिकामा पनि श्रमदान अभियान संचालन गरेको जानकारी दिएका छन् । 

यस्तै अध्यक्ष उपाध्याय(हिमशिखर)ले आफ्नो ठाँउ आफै बनाउ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पूणर् गाउँपालिका वासीहरुलाई पनि श्रमदान अभियानमा जुट्न आग्रह गरेका छन् । सामाजिक संजालको भरपुर सदुपयोग गर्ने हिमशिखरले,म बनाउछु मेरो मोहन्याल अभियानलाई सबै पालिका बासीहरु मिलेर सुरु गरौं समेत भनेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु