पूर्वमन्त्रीले हालेका योजना वर्तमान मन्त्रीले काटेको आरोप

छिनोफानो   शनिबार ०९, असार २०८० १०:५३

नेकपा एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका पूर्वमन्त्री दीर्घबहादुर सोडारीका योजना काटिएका छन् । सोडारी मन्त्री हुँदा बहुबर्षिय ठेक्का लागेका कैलालीका पूर्वाधारका योजना काटिएको जनाइएको हो ।

हालका काँग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले योजना काटेको आरोप लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा योजना काटिएको दाबी गरिएको छ । कैलाली निर्वाचन क्षेत्र नं ४ मा चालु आर्थिक वर्षमा ठेक्का भएर काम सुचारु भएका योजनाहरुको बजेट पनि काटिएको छ । बजेट काटिएपछि स्थानीयहरुले विरोध जनाएका छन् ।

यो निर्वाचन क्षेत्र कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको निर्वाचन क्षेत्र पनि हो । स्रोतका अनुसार आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम पुस्तिकामा समावेश भई आर्थिक मामिला मन्त्रालयबाट आर्थिक प्रस्ताव स्वीकृत भएर कार्यक्रम पुस्तिकामा समाबेश भएका भस्ना नाला सडक पुल निर्माण, शिबपुर सडक पुल निर्माण, भैसासुर सडक पुल निर्माण सुपारी आमदेखि भादा जोड्ने सडक पुल निर्माण, नारायणपुर सरैया सडक पुल निर्माण घोडाघोडी नपा, गुडधोबी सडक पुल निर्माण लगायतका थुप्रै योजनाहरुको बजेट कटौती भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु