सरकारले रेशम चौधरीलाई दियो पीएसओको सुविधा

छिनोफानो   आइतबार १०, असार २०८० ०३:४१

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले संघीय मन्त्रीस्तरको निजी सुरक्षा गार्ड (पीएसओ) को सुविधा दिएको छ। चौधरीको सुरक्षाका लागि सरकारकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) खटाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत असई गौरीशंकर चौधरीलाई प्रहरी प्रधान कार्यालयले रेशमको पीएसओमा पठाएको हो। आश्चर्यको कुरा त प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै सुविधा पाउने व्यवस्था छ। तर, चौधरीलाई भने संघीयमन्त्रीसरह पीएसओको सुविधा दिइएको छ।

आफूले पीएसओ लिएको बारे चौधरीले भने कुनै प्रतिक्रिया दिन मानेनन्। उनले भने, ‘मलाई कुनै जानकारी छैन। सम्बन्धित निकायमा सोध्नुहोला।’ ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो।

सोही घटनामा रेशमलाई दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएको थियो। तर, १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका थिए। राष्ट्रपतिको उक्त कदमको चौतर्फी विरोधसमेत भएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु