सुरक्षित आप्रवासनमा गैरसरकारी निकायको जोड,सरोकारवाला मौन

छिनोफानो   बुधबार १३, असार २०८० ०५:५७

सुदरपश्चिम प्रदेशमा गैरसरकारी निकायहरुले सुरक्षित आप्रवासनमा जोड दिदै विभिन्न परियोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरु लागु गर्दै आएका छन् । सुरक्षित आप्रवासन तथा सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका विभिन्न गैरसरकारी निकायहरुले सुदूरपश्चिम भरी नै अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै आएकोमा सरोकारवाला भने मौन देखिएको छ ।

वर्षेनी झन्डै साढे चार लाख नेपाली श्रमीकहरु रोजगारीको सिलसिलामा भारत लगायतका अन्य देशमा पलायन हुने गरेको तथ्याङ्कले देखाएको छ । उक्त पलायन भएका नेपाली श्रमीकबाट कोरोना,ओमिक्रोन,टि.बि,एच आई भी (एड्स),मलेरिया जस्ता घातक रोगको संक्रमण नेपालमा भित्रीने क्रम बढेकोे छ । यसको रोकथाम तथा नियन्त्रणमा जोडका लागी विभिन्न गैरसरकारी निकायले विशेष जोड दिएका छन् । 

तर सरोकारवाला निकाय भने यस विषयमा मुकदर्शक झै बनेको छ । नेपालमा उक्त घातक रोगको संक्रमण निकै बढ्न थालेपछि गैरसरकारी निकायले विभिन्न परियोजना मार्फत अभिमुखिकरण कार्यक्रमहरु लागु गरएिको सेभ द चिल्ड्रेन – ग्लोबल फन्डका वरिष्ठ कार्यक्रम संयोजक प्रकाश चन्द्र लेखकले बताउनु भयो । उहाँका अनुसार सुदरपश्चिम प्रदेशको तथ्याङ्क हेर्दा हाल सम्म सबैभन्दा बढी संक्रमितहरु कैलाली जिल्लामा रहेका छन् ।   

वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षामा सबैले उत्तिकै ध्यान दिनुपर्ने निकै जरुरी देखिएता पनि यसतर्फ सरोकारवाला निकायको भने ध्यान जान सकेको छैन् । जस्का कारण वैदेशिक रोजगारीमा गएका नेपालीमा सुरक्षित आप्रवासनको जनचेतना नै पलाउन सकेको छैन् । सुदूरपश्चिमकै मुख्य नाकाका रुपमा रहेको कैलालीको त्रिनगर नाकामा सुरक्षामा कडाई नहुदा र अटोरिक्सा चालकहरुको लापर्वाहीका कारण उक्त घातक रोगहरुको नियन्त्रण तथा रोकथाममा निकै चुनौती रहेको त्रिनगर हेल्थ डेस्कका प्रमुख गणेश साँउदले बताउनु भयो । 

बाध्यता बनेको वैदेशिक रोजगारी र आप्रवासनलाई सुरक्षित बनाउन सरोकारवाला लगायत,सबै सर्वसाधारणले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता रहेको छ । बेरोजगारीको चरम समस्या रहेको देशमा रोजगारीको अभावका कारण वैदेशिक रोजगारी विकल्प बनेकोमा नेपाललाई घातक रोगहरुबाट संक्रमण मुक्त बनाउन जनस्तरबाट नै विभिन्न सचेतनाका कार्यक्रमहरु आगाडी बढाउनुपर्ने देखिन्छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु